स्वयंसेवा कार्यक्रम

झुम्लावाङ्ग गाउँ संस्थापनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आवद्द सवै सदस्यहरू यस गाउँलाई दिंगो विकासको क्षेत्रमा एक उदाहरणीय गाउँको रूपमा विकास गर्न लागिपरेका छौं । हाम्रो यो सपनालाई पुरा गर्न लगनशीलता, कडा मेहनतको साथ साथै हामीहरूसंग भएको प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्न विभिन्न क्षेत्रका विशेषज्ञ तथा दक्ष जनशक्तिहरूको आवश्यक्ता पर्दछ।

हाम्रो अहिलेको यथार्त के हो भने हामीहरूले सञ्चालन गरिरहेका परियोजनाहरूको लागि चाहिने सवै जनशक्ति हाम्रो समाज भित्र अझै तयार भइसकेको छैन । त्यसैले,  हामीहरू ती व्यक्तिहरूको खोजीमा छौं, जसले आफ्नो क्षेत्रमा हाँसिल गरेको ज्ञान, सीप र अनुभवलाई हाम्रो गाउँमा आएर केहि समय हामीहरू संगै वसि गाउँको समग्र विकासमा योगदान दिन चाहान्छन्।

यदि तपाई शहरको कोलाहलमय वातावरणवाट केहि हप्ताको लागि मात्र भएपनि टाढा गएर, प्रदुषणरहित प्राकृतिक वातावरणमा वस्दै स्वयमसेवकको रूपमा हामीले सञ्चालन गरेका परियोजनाहरूमा सहभागी हुन चाहानुहुन्छ भने तपाइलाई स्वागत गर्न हामीहरू आतुर छौं।

Halth News-2012

भेरोनिक चेनाट र हाम्रो गाउँको सहकार्यमा सञ्चालित दोश्रो स्वास्थ्य शिविरमा वालक को उपचार हुँदै

 

एसोसियसन ह्युमानिट्यार पार्टेज एट सोइन का स्वास्थ्य स्वयंसेवकहरुद्वारा एक बालकको स्वास्थ्य परिक्षण गरिंदै । उक्त संस्थाले यस गाउँमा सन् २००८ र सन् २००९ मा गरी दुई पटक “निःशुल्क स्वास्थ्य शिविर” संचालन गरेको छ ।

 

 

 

 

सामुदायिक स्वास्थ्य केन्द्रमा डाक्टर र नर्स स्वयमसेवकको आवश्यकता:

दुई वर्ष भन्दा वढिको कडा मेहनत पछि हाल निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्रवाट यस वर्षको फागुण महिना देखि प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन हामीहरू लागिपरेका छौं। यो सामुदायिक स्वास्थ्य केन्द्रको सञ्चालनवाट यहाँका समुदाय मात्र नभएर छिमेकि गाउँहरू- मोरावाङ्ग, सिमा, क्याङ्सी, गावाङ्ग, सेरावाङ्ग, साकिम, कांडा, राङ्सी, र नाखा गाउँका आमजनसमुदायले पनि प्रत्यक्ष र परोक्ष रूपमा स्वास्थ्य सेवावाट लाभ पाउनेछन्।

स्वास्थ्यक्षेत्रमा हाम्रो गाउँमा अहिले जम्मा ५ जना स्वास्थ्य कार्यकर्ताहरू छन्। हामीहरू यी कार्यकर्ताहरूको सहभागितावाट स्वास्थ्यकेन्द्रलाई सञ्चालनमा लिन कोशिस गरिरहेका छौं । यदि तपाइ डाक्टर, नर्स हुनुहुन्छ भने एक हप्ता मात्र भए पनि हामीहरूको गाउँमा आएर स्वयमसेवकको रूपमा कामगरी हामीहरुको अभियानमा सहभागि हुन हार्दिक अनुरोध गर्दछौं। हाम्रो यस दिगो विकासको अभियानमा होस्तेमा हैसे गर्ने देश भित्र र देश वाहिरवाट आएका स्वयमसेवकहरूलाई हामीहरूले निशुल्क वस्न र खानको व्यवस्था गरेकाछौं।