Filed Under:  समाचार

झुम्लावाङ्ग गाँउ संस्थापना- अमेरिका को स्थापना !

13th May 2014   ·   0 Comments

न्यूयोर्क, श्रावण ३०, २०६८– झुम्लावाङ्ग गाँउ संस्थापना- नेपालले सञ्चालन गर्ने परियोजनाहरूको लागि स्वयमसेवकको रूपमा काम गर्न हाम्रो गाँउमा आउन चाहाने महानुभावहरूलाई संस्थापनाको वारेमा जानकारी दिने, हाल परिचालित र भविष्यमा सञ्चालन गरिने परियोजनाहरूमा समुदायको दिगो विकासको क्षेत्रमा समान सोच भएका उत्तर अमेरिकामा अवस्थित व्यक्ति तथा संस्थाहरूसंग सहकार्यको लागि पहल गर्ने र परियोजनाहरूको लागि आवश्यक पर्ने आर्थिक कोष खडा गर्नमा सहयोग पुर्याउने प्रमुख उद्देश्यका साथ झुम्लावाङ्ग गाँउ संस्थापना- अमेरिका को स्थापना भएको छ । यसको संयोजन झुम्लावाङ्ग गाँउ संस्थापना- नेपाल का उत्तर अमेरिका संयोजक श्री लवकुमार वुढामगर ले गर्नु भएको छ।
यसको मूख्य कार्यालय न्यूयोर्कमा भए पनि दक्ष स्वयमसेवकहरूको छनौट गर्ने काम चाहि क्यालिफोर्निया स्थित कार्यालयवाट हुनेछ । झुम्लावाङ्ग गाँउ संस्थापना अमेरिका, त्यहाँको अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभागवाट ५०१ (सि) (३) मान्यता प्राप्त गैरसरकारी संस्था हो ।

Readers Comments (0)