Filed Under:  समाचार

कुवेतमा झुम्लावाङ्ग आप्रवासी समितिको गठन

13th May 2014   ·   0 Comments

नयाँ वर्ष २०६६ सालको पावन अवसरमा झुम्लावाङ्ग गाँऊलाई ५ वर्ष भित्रै एकनमुना गाँऊको रूपमा विकाश गर्ने अभियानमा प्रवासमा रहेका झुम्लावाङ्गवासीहरूकोभूमिका महत्वपूर्ण रहने आवश्यकताको वोध गर्दै, जिम्मेवार नागरिकले निभाउनुपर्नेकर्तव्यलाई ह्रदयङ्गम गर्दै, हामीहरुले आ-आफ्नो ठाँऊवाट सक्दो योगदान गर्ने पवित्र उद्देश्यका साथ यहि वैशाख १ गते श्री दामप्रसाद श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नवज्योति युवा समितिको गठन गरिएको छ। यस आप्रवासी समितिका पदाधिकारीहरु:

अध्यक्ष: श्री दामप्रसाद श्रेष्ठ

उपाध्यक्ष: श्री बलवहादुर गुरुङ्ग

सचिव: श्री गोपाल वोहरा

उप-सचिव: श्री तिलक श्रेष्ठ

कोषाध्यक्ष: श्री लालभक्त गुरुङ्ग

उप-कोषाध्यक्ष: श्री अम्मरवहादुर गुरुङ्ग

सदस्य: श्री हासमान गुरुङ्ग

सदस्य: श्री भिमवहादुर गुरुङ्ग

सदस्य: श्री ग्वामे वोहरा

सदस्य: श्री यमवहादुर श्रेष्ठ

सदस्य: श्री भिमप्रसाद श्रेष्ठ

सदस्य: श्री थानवहादुर वुढामगर

समितिको पहिलो वैठकले गाँऊमा सञ्चालित योजनाहरूमाआर्थिक रूपमा सहयोग गर्नको लागि प्रतिमहिना समितिका सदस्यहरूवाट कुवेती ५ डिनारउठाई अक्षयकोषको स्थापाना गर्ने निर्णय पनि गरेको छ ।

Readers Comments (0)