Filed Under:  समाचार

प्राविधिक अधिकृत (ओभरसियर) को आवश्यक्ता !!!  

3rd January 2016   ·   0 Comments

 

झुम्लावाङ्ग भिलेज फाउण्डेसन झुम्लावाङ्ग गाँऊको भौतिक तथा वातावरणीय विकास र यहाँ वसोवास गर्ने आम जनसमुदायको शैक्षिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि झुम्लावाङ्ग गाँऊवासीहरूद्वारा स्थापित, सञ्चालित, तथा यहाँका गाँऊवासीहरूकै सेवाभावमा समर्पित, यस गाउँलाई नेपालकै दिगो विकासको क्षेत्रमा एउटा उदाहरणीय गाउँ बनाउनको लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने एकल उद्देश्य सहित स्थापित एक गैह्रसरकारी सामाजिक सँस्था हो।

संस्थालाई, संस्थाको केन्द्रिय कार्य समिति तथा परियोजना संयोजक (फिल्ड कोअर्डिनेटर) को निर्देशनमा रहि संस्थाद्वारा हाल कार्यान्वयनकाक्रममा रहेका र भविष्यमा लिइने परियोजनाहरूको प्राविधिक पक्षको पर्यवेक्षण, रेख देख तथा कार्यन्वयन गर्नको लागि प्राविधिक अधिकृत (ओभरसियर) को आवश्यक्ता छ ।

संस्थाका कार्य समितिका सदस्यहरू बाहेक, निम्नलिखित शैक्षिक योग्यता तथा अन्य मापदण्डहरू पुरागरेका, इच्छुक झुम्लावाङ्गवासीहरूले माघ ५ गत्ते २०७२ साल भित्रमा निवेदन दिन, पठाउन अनुरोध गरिन्छ।

शैक्षिक योग्यता: 

१. सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा उतिर्ण गरेको ।

आवश्यक क्षमता तथा अनुभव:

१. आफ्नो कार्य क्षेत्रमा कम्तिमा पनि २ बर्षको अनुभव भएको ।

२. कम्प्युटर प्रयोग सम्बन्धी सामान्य ज्ञान भएको:

माइक्रोसप्ट अफिस अन्तर्गतका कम्तिमा पनि ओर्ड, एक्सेल, पावटपोइन्ट प्रजेन्टेशनको सामान्य ज्ञान भएको । इमेलवाट समचारको आदान प्रदान, सामाजिक सञ्जालहरू जस्तै फेसवुक, फ्लिकर, यूट्युव, ट्वीटरको सञ्चालन सम्बन्धि ज्ञान भएको।

जिम्मेवारी: 

१. संस्थाद्वारा सञ्चालित हरेक परियोजनाहरूको सम्बन्धमा परियोजना डिजायन तथा निर्देशकको अधिनमा रहि प्राविधिक पक्षको राम्रोसंग अध्ययन गर्ने तथा व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्ने।

२. हाम्रो संस्थासंग सहकार्य गर्ने समाज तथा संस्थाहरूद्वारा सञ्चालित परियोजनाहरूमा प्राविधिक सल्लाहकारको रूपमा झुम्लावाङ्ग गाँउ संस्थापनाको प्रतिनिधित्व गर्दै सक्रियरुफमा सहभागी हुने, जस्तै अहिले कार्यान्वयनको क्रममा रहेको लघु जलविधुत परियोजना।

३. सम्भावित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्वयमसेवकहरूको लागि संस्थाको बारेमा जानकारी गराउने, स्वागत गर्ने, हाम्रो समाजका अन्य सदस्यहरूलाई भेटघाट गराउन कार्यक्रम राख्ने, विदाइ गर्ने र ती स्वयमसेवकहरूलाई हाम्रो समाजको सद्भाव राजदुत हुन प्रेरित गर्ने ।

४. परिस्थिति अनुसार आवश्यक परेमा परियोजनाहरूको निरिक्षण भ्रमण, तथा संस्थाद्वारा निर्देशित जिम्मेबारी अनि प्रतिवेदन समयसिमा भित्रै पुरा गर्न कार्यालय तोकिएको समय भन्दा पनि वढि काम गर्न सक्नु पर्ने ।

५. महिनामा कम्तिमा पनि एक पटक सम्पन्न भएका, कार्यान्वयनमा रहेका र गर्नु पर्ने कामहरूको छोटकरीमा लिखित प्रतिवेदन परियोजना डिजायन तथा निर्देशक, फिल्ड कोअर्डिनेटर तथा संस्थाको कार्य समितिलाई बुझाउने ।

सेवा, शर्त तथा सुविधाहरू:

१. नियुक्ति १ वर्षको लागि हुने छ । पहिलो ६ महिना परिक्षणकाल रहने छ । पहिलो वर्षको मूल्याङ्कन पश्चात र संस्थाद्वारा सञ्चालित परियोजनाहरूको आवश्यक्ता अनुसार कार्यकाल वढाउन सकिने छ ।

२. तलव भत्ता महिनाको रू १६,०००।– रुपैंया हुने छ। दशैं तिहार को समयमा थप १ महिनाको तलव दिइने छ।

३. संस्थाको कामको सिलसिलामा यात्रा गर्दा लाग्ने सम्पूर्ण खर्च यातायात, खाना तथा आवास खर्च संस्थाले व्यहोर्ने छ। तर यस्तो खर्च गर्दा जहिले पनि मितव्ययिता अप्नाई खर्चको रसिद भर्पाई वुझाउनु पर्ने छ ।

४. सूचनाको आदान प्रदानलाई सहजिकरण गर्न संस्थाले सञ्चार भत्ता (communication allowance) उपलव्ध गराउने छ। फोन कसलाई, कहिले, कुन समयमा र के विषयको सम्वन्धमा गरिएको हो भन्ने छोटो विवरण दैनिकीमा लेख्नु पर्ने छ।

कार्यालय समय:

विहान ९ बजे – साँझ ५.०० बजे सम्म । हप्तामा ५ दिन । तर परियोजनाको कामको आवश्यक्ता हेरेर ६ दिन पनि हुन सक्छ।

निवेदन दिने, बुझाउने स्थान: 

झुम्लावाङ्ग गाउँ संस्थापना
मोरावाङ्ग-८, झुम्लावाङ्ग, रुकुम

अथवा,
झुम्लावाङ्ग गाउँ संस्थापना
गैरीधारा, काठमाण्डौ ।

सहजताको लागि

संस्थाको इमेल ठेगाना- [email protected] OR [email protected] मा पनि आवेदन पठाउन सकिनेछ । निवेदन पठाउदा शैक्षिक योग्यता तथा अन्य प्रमाणपत्रको प्रतिलिपि, नागरिक्ताको प्रतिलिपि तथा तपाइ ‘यो जिम्मेवारी लिन किन आफूलाई सक्षम हुनुहुन्छ’ भन्ने सम्बन्धमा आवरण पत्र (cover letter) वुझाउनहुन अनुरोध गरिन्छ । इमेलवाट पठाएमा सबै कागजातलाई फोटो खिचेर इमेलसंगै नट्ठी (Attach) गरेर पठाउनु पर्नेछ ।

निवेदन दिने अन्तिम मिति: शुक्रवार, ८ गत्ते माघ २०७२

अन्तरवार्ता हुने मिति: शनिबार, ९ गत्ते माघ २०७२

अन्तरवार्ताको किसिम: मौखिक 

नियुक्ति तथा काम सुरु गर्ने मिति: आइतबार, १० गत्ते माघ, २०७२ 

 

————————————–

सूचना प्रकाशित मिति: पौष १८, २०७२

Readers Comments (0)