Filed Under:  समाचार

प्रशासकीय अधिकृतको आवश्यक्ता !!!

15th December 2014   ·   0 Comments

मिति: मंसीर २९, २०७१

झुम्लावाङ्ग भिलेज फाउण्डेसन झुम्लावाङ्ग गाँऊको भौतिक तथा वातावरणीय विकास र यहाँ वसोवास गर्ने आम जनसमुदायको शैक्षिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि झुम्लावाङ्ग गाँऊवासीहरूद्वारा स्थापित, सञ्चालित, तथा यहाँका गाँऊवासीहरूकै सेवाभावमा समर्पित, यस गाउँलाई नेपालकै दिगो विकासको क्षेत्रमा एउटा उदाहरणीय बनाउनको लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने एकल उद्देश्य सहित स्थापित एक गैह्रसरकारी सामाजिक सँस्था हो।

संस्थाको नेपाल संयोजक तथा अन्तर्राष्ट्रिय सह संयोजकको निर्देशनमा रहि केन्द्रीय कार्यालय, काठमाण्डौमा प्रशासनिक काम गर्न एक प्रशासकीय अधिकृत (Administrative Officer) को आवश्यक्ता छ। संस्थाका कार्य समितिका सदस्यहरू बाहेक, निम्नलिखित शैक्षिक योग्यता तथा अन्य मापदण्डहरू पुरा गरेका, इच्छुक झुम्लावाङ्गवासीहरूले पौष १० गत्ते २०७१ भित्रमा निवेदन दिन, पठाउन अनुरोध गरिन्छ।

शैक्षिक योग्यता:  

  • स्नातक तहमा अध्यनरत

आवश्यक क्षमता तथा अनुभव:

  • नेपाली तथा अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएको:
  • हाम्रो संस्था तथा समग्रमा दिगो विकासको क्षेत्रमा नेपाली तथा अंग्रेजी भाषामा प्रष्टरूपमा संस्थाको तथा आफ्नो विचार राख्न सक्ने।
  • फोन, इमेल तथा पत्रको माध्ययमवाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासंग खबरको आदान प्रदान गर्न सक्ने।
  • नेपाली भाषालाई अङ्ग्रेजीमा तथा अङ्ग्रेजी भाषालाई नेपाली भाषामा अनुवाद गर्न सक्ने तथा दुबै भाषामा संस्थाको प्रतिवदेन लेख्न सक्ने।
  • कम्प्युटर प्रयोग सम्बन्धी राम्रो ज्ञान भएको: माइक्रोसप्ट अफिस अन्तर्गतका कम्तिमा पनि ओर्ड, एक्सेल, पावटपोइन्ट प्रजेन्टेशनको राम्रो संग प्रयोग गर्न सक्ने। इमेलवाट समचारको आदान प्रदान, सामाजिक सञ्जालहरू जस्तै फेसवुक, फ्लिकर, यूट्युव, ट्वीटरको सञ्चालन सम्बन्धि ज्ञान भएको।
  • वातावरण, दिगो विकास, समाज सेवाको क्षेत्रमा अध्ययन, तालिम तथा स्वयमसेवकको रूपमा काम गरेको।

जिम्मेवारी:

  • संस्थाद्वारा सञ्चालित परियोजनाहरूको केन्द्रीय तथा शाखा कार्यालय (काठमाण्डौ तथा झुम्लावाङ्ग)को बजेटिङ्ग देखि आय ब्ययको व्यवस्थित ढंगले हिसाब किताब राख्ने ।
  • संस्थाको तर्फवाट वार्षिक रुपमा अध्यावधिक गर्नु पर्ने कागजात प्रमाणपत्रहरूको नविकरणको लागि संस्थाको कानूनी सल्लाहकार, लेखापाल, कार्यक्षेत्र संयोजक तथा कार्य समितिका सदस्यहरू संग समन्वयय गरी राज्यका सम्बन्धित निकायहरूमा समयावधि भित्रै अनुमोदनको लागि पठाउने ।
  • आप्रवासमा रहेका सदस्यहरूको विवरण, सम्पर्क ठेगाना राख्ने । हामीहरूले सञ्चालन गरिरहेका र भविष्यमा गर्ने परियोजनाहरूमा प्रत्यक्ष तथा परोक्ष रूपमा सक्रिय सहभागी हुनलाई प्रेरित गर्ने ।
  • हाम्रो संस्था तथा सहयात्री संस्थाको सहकार्यमा सञ्चालित छात्रावृत्ति वितरण तथा पुस्तकालय स्थापना कार्यक्रमलाई व्यबस्थित ढंगले कार्यान्वयन गर्न पहल गर्ने ।
  • संस्थाको निगरानी तथा सहयोगमा काठमाण्डौमा उपचारार्थ लिइएका विरामीहरूको समय समयमा रेखदेख तथा स्वास्थ्य सम्बन्धि भइरहेको सुधारको बारेमा सम्बन्धित स्वास्थ्यकर्मि संग परामर्श गरि त्यसको जानकारी संस्थाका संयोजकहरू, परिवार तथा सहयोगी संस्थाहरूलाई पठाउने।
  • सम्भावित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्वयमसेवकहरूको लागि संस्थाको बारेमा जानकारी गराउने, स्वागत गर्ने, हाम्रो समाजका अन्य सदस्यहरूलाई भेटघाट गराउन कार्यक्रम राख्ने, विदाइ गर्ने र ती स्वयमसेवकहरूलाई हाम्रो समाजको सद्भाव राजदुत हुन प्रेरित गर्ने ।
  • परिस्थिति अनुसार आवश्यक परेमा परियोजनाहरूको निरिक्षण भ्रमण, तथा संस्था द्वारा निर्देशित जिम्मेबारी अनि प्रतिवेदन समयसिमा भित्रै पुरा गर्न कार्यालय समय भन्दा पनि वढि काम गर्न सक्नु पर्ने ।
  • महिनामा कम्तिमा पनि दुइ पटक सम्पन्न भएका, कार्यान्वयनमा रहेका र गर्नु पर्ने कामहरूको छोटकरीमा प्रतिवेदन, नेपाल संयोजक, अन्तर्राष्ट्रिय संयोजक तथा सह-संयोजकलाई इमेलको माध्यमवाट पठाउने ।

सेवा, शर्त तथा सुविधाहरू:

  • नियुक्ति १ वर्षको लागि हुने छ । पहिलो ६ महिना परिक्षणकाल रहने छ । पहिलो वर्षको मूल्याङ्कन पश्चात करारको अबधि बढाउन सकिने तथा संस्थाको आवश्यक्ता अनुसार पूर्णकालिन (Full time) प्रशासनिक अधिकृतको पदमा नियुक्ति दिन सकिने छ ।
  • तलव भत्ता महिनाको रू ६,५००।– रुपैंया (पार्ट टाइम) हुने छ। दशैं तिहार को समयमा थप १ महिनाको तलव दिइने छ ।
  • संस्थाको कामको सिलसिलामा यात्रा गर्दा लाग्ने सम्पूर्ण खर्च यातायात, खाना तथा आवास खर्च संस्थाले व्यहोर्ने छ । तर यस्तो खर्च गर्दा जहिले पनि मितव्ययिता अप्नाई खर्चको रसिद भर्पाई वुझाउनु पर्ने छ ।
  • सूचनाको आदान प्रदानलाई सहजिकरण गर्न संस्थाले सञ्चार भत्ता (communication allowance) उपलव्ध गराउने छ। फोन कसलाई, कहिले, कुन समयमा र के विषयको सम्वन्धमा गरिएको हो भन्ने छोटो विवरण दैनिकीमा लेख्नु पर्ने छ।

कार्यालय समय:

१० बजे – ४.३० बजे सम्म

हप्तामा ३ दिन

निवेदन दिने, पठाउने स्थान:

झुम्लावाङ्ग गाउँ संस्थापना

केन्द्रीय कार्यालय

गैरीधारा, काठमाण्डौ

सहजताको लागि,

संस्थाको इमेल ठेगाना- [email protected] मा पनि आवेदन पठाउन सकिनेछ । निवेदन पठाउदा शैक्षिक योग्यता तथा अन्य प्रमाणपत्रको प्रतिलिपि, नागरिक्ताको प्रतिलिपि तथा तपाइ ‘यो जिम्मेवारी लिन किन आफूलाई सक्षम हुनुहुन्छ’ भन्ने सम्बन्धमा आवरण पत्र (covering letter) वुझाउनहुन अनुरोध गरिन्छ । इमेलवाट पठाएमा सबै कागजातलाई स्क्यान गरेर इमेलसंगै नट्ठी (Attach) गरेर पठाउनु पर्नेछ ।

निवेदन दिने अन्तिम मिति: 

बिहिवार, १० गत्ते पौष २०७१

अन्तरवार्ता हुने मिति:

शनिवार, १२ गत्ते पौष २०७१

अन्तरवार्ताको किसिम:

लिखित तथा मौखिक

नियुक्ति तथा काम सुरु गर्ने मिति:

बिहिवार, १७ गत्ते पौष, २०७१ (जनवरी २, २०१५)

Readers Comments (0)